ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
प्रतिनिधिसभा निर्वाचन

को को बन्दैछन् समानुपातिकबाट सांसद ? (सूचीसहित)

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

बुटवल, २३ मंसिर ।

समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ राजनीतिक दलले आइतबार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा पठाउने भएका छन् । आयोगले नाम छनोट गरेर पठाउन पत्राचार गरेपछि दलहरुले आइतबार नाम पठाउने गरी गृहकार्य गरेका हुन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ७ राजनीतिक दलले थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन् । जसमा एमालेले सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने काँग्रेस दोस्रो भएको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो ।

दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ ।

यदि दलले कानूनअनुसार सांसद बन्नेको नाम नपठाएमा निर्वाचन आयोगले थप २ दिन राजनीतिक दललाई सच्याएर पठाउने मौका दिनेछ । त्यसपछि मात्रै निर्वाचन आयोगले ७ वटै दलबाट ११० सिटमा निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट पाएको छ । जसअनुसार उसले सबैभन्दा बढी ११ जना खस आर्यबाट पठाउनेछ । त्यस्तै आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ ।

एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।

एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)

खस आर्यबाट ११ जना

रघुजी पन्त

एकनाथ ढकाल

कुमार दसौदी

दयालबहादुर शाही (खस आर्य)

खिमलाल पोखरेल

मुक्तिप्रसाद पाठक

मेनकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

आदिवासी जनजातिबाट १० जना

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

भीमबहादुर खवास

नैनकला थापामगर

सुर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ति

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

दलित ५ जना

ईश्वरबहादुर रिजाल(विक)

प्रभु हजारा दुसाध

रुक्मणी राना बराइली

हर्कमाया विश्वकर्मा

इन्दिराकुमारी पन्थी

मधेशी ५ जना

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

वीना देवी

अमृतादेवी अग्रहरी

प्रतिक्षा तिवारी

थारु २ जना

सत्यनारायण चौधरी

अस्माकुमारी चौधरी

मुस्लिम १ जना

रुही नाज

नेपाली कांग्रेसले ३२ सीट प्राप्त गर्दा सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।

काँग्रेसबाट ३२ जना (२९ जना महिला)

खस आर्यबाट १० जना

प्रकाशशरण महत

अम्बिका बस्नेत

सरिता प्रसाई

आरजु राणा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाण

रमा कोइराला

कान्तिका सेजुवाल

मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना

गोपालमान श्रेष्ठ

सरस्वती वजियम

लिलादेवी वोखिम

सिताकुमारी राना

सुशिला तामाङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

 

दलित ५ जना

शान्ती विक

रुपा विक

सीता मिजार

आशा विक

विष्णुमाया परियार

 

मधेशी ५ जना

बिमलेन्द्र निधी

नागिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

 

थारु २ जना

कल्पना चौधरी

विनाकुमारी थनेत

 

मुस्लिम १ जना

जावेदा खातुन

 

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।

माओवादीबाट १४ जना (१२ जना महिला)

खस आर्य ४ जना

हितराज पाण्डे

पेशल खतिवडा

ज्ञानु बस्नेत

बिमला सुवेदी

 

आदिवासी जनजाति ४ जना

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी

छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

 

दलित २ जना

सुशिला श्रीपाईली

पार्वती विक

 

मधेशी २ जना

मिना यादव

उमरावतीदेवी यादव

 

थारु १ जना

रुपासोसी चौधरी

 

मुस्लिम १ जना

कल्पना मियाँ

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ । समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २÷२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १÷१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।

रास्वपाबाट १३ जना (४ जना महिला)

खस आर्य ४ जना

डोलप्रसाद अर्याल

गणेश कार्की

दिपक बोहोरा

डा.चन्दा कार्की

 

आदिवासी जनजाति ३ जना

इन्दिरा रानामगर

डा.ढाकाकुमार श्रेष्ठ

मेघबहादुर आले

 

दलित २ जना

सन्तोष परियार

कल्पना रोक्का

 

मधेशी २ जना

मनिष झा

लक्ष्मी तिवारी

 

मुस्लिम १ जना

असिम साह

 

थारु १ जना

अशोक चौधरी

 

पिछडिएको क्षेत्र १ जन

विनिता कठायत

थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।

राप्रपाबाट ७ जना (५ जना महिला)

खस आर्य २ जना

पशुपति शम्शेर जबरा

प्रकाशचन्द्र लोहनी

आदिवासी जनजाति २ जना

विना लामा

विनिता मगैया

 

दलित १ जना

अनिसा नेपाली

 

मधेशी १ जना

विना जयसवाल

 

मुस्लिम १ जना

नाजीया खातुन

 

जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन ।

जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)

खस आर्य १ जना

प्रकाश अधिकारी

 

आदिवासी जनजाति १ जना

सुशिला श्रेष्ठ

दलित १ जना

सावित्रा विक

मधेशी १ जना

रञ्जुकुमारी झा

 

मुस्लिम १ जना

शहनाज रममान

 

थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।

जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)

खस आर्य १ जना

धनबहादुर बोहोरा

 

आदिवासी जनजाति १ जना

दयाराम प्रजापती

 

दलित १ जना

राजेशकुमार मण्डल

 

मधेशी १ जना

अनितादेवी शाह

 

मुस्लिम १ जना

जलेखा विवि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?