ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

मुख्यमन्त्री केसीले भने–‘राजधानी ल्याउनु मेरो सफलता’

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

भालुवाङ, २३ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्तीमा राजधानी बनाउने यसअघि लुम्बिनी प्रदेश सभाको दुईतिहाइ बहुमतले गरेको निर्णय कार्यान्वयनमा ल्याएको बताएका छन् ।

दाङको जिल्ला समन्वय समितिको आयोजनामा राप्ती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले सुशासनका लागि संविधानको कार्यान्वयन अपरिहार्य रहेको बताए ।

उनले प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्ने कुरा पनि संविधानको धाराबमोजिम भएकाले कसैले विरोध गर्न आवश्यक नरहेको बताए । ‘म जहाँ बस्छु, त्यही स्थायी मुकाम हो,’ उनले भने, ‘हामीले निर्माण गरेको प्रदेश सभा भवन सातै प्रदेशमा उत्कृष्ट छ ।’

उनले लालमटियामा अन्य सबै मन्त्रालयका लागि पनि सबै तयारी पूरा भइसकेको भन्दै स्थायी राजधानी दाङ ल्याउन कुनै समस्या नभएको बताए । ‘हामीले अन्तिम तयारी गरिसकेका छौं,’उनले अगाडि भने, ‘प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन र अन्य मन्त्रालयलाई पनि स्थानान्तरणको व्यवस्थापन अन्तिम तयारीमा छ ।’

संविधान अनुरूप तोकिएको स्थायी मुकाम कार्यान्वयनका सन्दर्भमा अनेक खालका गलत टीका–टिप्पणि नगर्न पनि उनले आग्रह गरे । नव निर्वाचित प्रदेश सभा सदस्यहरूको सपथ ग्रहण दाङस्थित नवनिर्मित प्रदेश सभा भवनमा हुने उनले जानकारी दिए । नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको सपथ ग्रहण यहीँ हुने छ,’ उनले भने, ‘उहाँहरूलाई स्वागत गर्न तपाईं स्थानीय सरकारका प्रमुख तथा पदाधिकारीहरू तयार भएर बस्नु होला ।’

उनले प्रदेश सरकारले अघि सारेका चारवटा गौरवका योजना कार्यान्वयनमा पनि स्थानीय सरकारको साथ र सहयोगको अपेक्षा गरेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि, प्रदेश राजधानी जग्गा एकीकरण कार्यक्रम, पाल्पा–रोल्पा सडक कालोपत्रे, बाँके–बर्दियामा बहुप्राविधिक विश्व विद्यालय लगायतका गौरवका योजना कार्यान्वयनमा सबैको साथ र सहयोग चाहिने मुख्यमन्त्री केसीले बताए ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती गाउँपालिकाको तेस्रो तलामा छ । मन्त्रालयका सचिव, सह–सचिवदेखि अन्य कर्मचारी पनि बैठकका लागि त्यहीँ आउने गरेका छन् । राप्ती गाउँपालिका स्थायी राजधानीभन्दा करिब एक किलोमिटर पश्चिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?