© २०२३
बुटवल, २१ मंसिर ।
वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले प्रधानन्यायाधीश चोलेन्दै शमसेरमाथि बारले जबर्जस्ती गरेको भन्दै आपत्ति जनाएका छन् । संसद सचिवालयले चोलेन्द्रको महाभियोग निष्क्रिय भएको पत्र पठाउँदा समेत बारले जवर्जस्ती गरेको भन्दै संग्रौलाले आपत्ति जनाएका हुन् ।
विद्वान भनिने वकिलले जोकर हुनु कति ठीक ? भन्दै संग्रौलाले अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने वकिल कति ठिक भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
अदालतलाई बेथितिको दलदलमा हाल्ने न्यायाधीश र प्रधानन्यायाधीशलाई आफ्नो स्वार्थ अनुसार माया गर्ने र लखेट्ने नेता र उनका झोला बोक्ने वकिलकै कारण अदालत ध्वस्त भएको उनको टिप्पणी छ । “यसका विरुद्ध अब जनता नै उठ्ने बेला भयो”–उनले भनेका छन् ।