ट्रेंडिंग:

>> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा रक्तदान

२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

बुटवल, २९ साउन ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

विहीबार नेपाल रेडक्रस सोसाइटी बुटवल रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा संस्थाका कर्मचारी तथा अन्य व्यक्तिहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाका वरिष्ठ प्राविधिक निरञ्जनराज भण्डारीसहित रक्तदाता कर्मचारीलाई ब्लड कलेक्सन ब्याग प्रदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

संस्थाले शुक्रबार आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत रहेका ५० वटा शाखा कार्यालयमध्ये प्रत्येक शाखाबाट १ जना उत्कृष्ट ग्राहक सदस्यलाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम तय गरिएको संस्थाका ईश्वरलाल लम्सालले जानकारी दिए।

रक्तदान कार्यक्रममा संस्थाका उप–प्रमुख कार्यकारी अधिकृत दिपक पाण्डेसहित प्रधान कार्यालय बुटवल, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय बुटवल र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता थियो। कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ।

नेपाल सरकारको ३० प्रतिशतभन्दा बढी लगानी रहेको साविकका क्षेत्रीय स्तरका पाँचवटा ग्रामीण विकास बैंक मर्जर भई बनेको राष्ट्रियस्तरको (घ) वर्गको यस ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७१ साउन ३० गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ।

देशभरका ७५३ वटा स्थानीय तहमध्ये ३६९ वटा स्थानीय तहमा यस संस्थाको सेवा पुगेको छ। हालसम्म यस संस्थाको कार्यक्रम ५६ जिल्लामा फैलिएको छ भने शाखा कार्यालयको संख्या १८९ पुगेको छ। संस्थाको प्रधान कार्यालय बुटवल उपमहानगरपालिका–१०, कालिकानगर, रुपन्देहीमा रहेको छ। विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढीमा यसको सञ्चालन तथा सुपरिवेक्षण कार्यालयहरू रहेका छन्।

संस्थाले ग्रामीण तथा दूरदराजका विपन्न र पिछडिएका वर्गमा वित्तीय पहुँच विस्तार गर्दै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण र राष्ट्रिय गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान दिँदै आएको छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाको व्याज आम्दानी रु. १ अर्ब ८८ करोड ३३ लाख ५० हजार, अन्य सञ्चालन आम्दानी रु. ५ करोड ७० लाख ३० हजार, कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता आम्दानी रु. ३८ करोड ४८ लाख ५ हजार र गैर–सञ्चालन आम्दानी रु. ८ लाख ९३ हजार रही, जम्मा कुल आम्दानी रु. २ अर्ब ३२ करोड ६० लाख ७८ हजार भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.८३ प्रतिशतले वृद्धि भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?