© २०२३
बुटवल, २९ साउन ।
अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) बुटवलको आयोजनामा श्री कृष्ण जन्माष्टमी पर्व मनाउने भएको छ । साउन ३१ गते शनिबार बुटवल मिलनचोकमा विविध सास्कृतिक कार्यक्रमसहित भब्य रुपमा मनाईने तयारी भएको विहिबार पत्रकार सम्मेलन गरि ईस्कोन बुटवलका अध्यक्ष करनधर दासले बताए ।
बिहान साढे ४ बजेबाट मंगल आरती, मन्त्र ध्यान जप, दर्शन आरती तथा गुरु पुजा, श्रीमद्भागवतम कथा वाचन, हरि कृतन, सास्कृतिक कार्यक्रम, अभिषेक तथा कृतन, नाटक प्रस्तुति, श्रीकृष्णकथामृत प्रवचन, श्रीश्रीराधा–श्यामसुन्दर महाभिषेक तथा महाप्रसादम वितरण कार्यक्रम गरिने ‘बुटवलमा यो १५ औ श्री कृष्ण जन्माष्टमी मनाउन लागेका छौ ।’–उनले भने । यसपटक आम मानवमा हकहितसंगै धार्मिक जागरण ल्याउने अभियान ईस्कोनबाट गरिदै आएको उनले बताए । बुटवलमा बिसं २०७० सालमा संस्थागत रुपमा अभियान शुरु भएको उनले बताए । धार्मिक ग्रन्थ अनुसार यो ५२५२ औ कृष्ण जन्मदिवस हो ।
संस्थापकाचार्य श्री श्रीमद एसी भक्तिवेदान्त स्वामी प्रभुपादबाट स्थापना भएको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) भगवानलाई कृतनबाट नै जोड्न सकिने हुदा प्राथमिकता दिदै आएको छ ।
कार्यक्रममा ईस्कोनका सेवक केसी दमनदासले धर्मको बारेमा बुझाउने, सबैलाई भगवानप्रति बुझाउने, जागरण गर्ने रुपमा आफुहरु अभियान थालेको बताए । ‘सत्कर्ममा मानवजातीलाई ल्याउने यो अभियान हो ।’–उनले भने । शास्त्र बुझेकाले सन्कृतनलाई मान्ने उनले बताए । बुटवलमा दैनिक ५ सय जना साधक सदस्यहरु रहेको उनले बताए ।
वैदिक धर्म संस्कारको प्रचार गर्नु हो । यो आध्यात्मिक संस्था हो जो सबै जातजातिको हितमा काम गर्दै आएको छ ।
ईस्कोनका सदस्य भरतजंग कुवँरले सामाजिक अभियान अन्तरगत विभिन्न कामहरु गर्दै आएको बताए । बालबालिकाहरुलाई खाजा खुवाउने, युवाहरुलाई मन्त्र मेडिटेसन मार्फत एन्जाईटी समाधान, गौमाताको संरक्षण जस्ता धेरै कार्यक्रम गर्दै आएको उनले बताए । विभिन्न कलेजहरुमा माईन्ट कन्ट्रोल, योग्य मानव बनाउने अभिमुखिकरण र सामाजिकिकरणका आध्यात्मिक कक्षाहरु चलाउदै आएको उनले बताए ।