Butwal Today

सुनको मूल्य घट्दा चाँदी बढ्यो

२८ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाली सुनचाँदी बजारमा आज सामान्य मूल्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ। घटेर अहिले तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो (मंगलबार) सुनको मूल्य एक लाख ९६ हजार आठ सय रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी २० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ थियो।

सुनचाँदीको दैनिक भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढाव, माग तथा आपूर्तिको अवस्था, डलर विनिमय दरजस्ता कारकहरूसँग सम्बन्धित रहन्छ। आजको यो सामान्य हेरफेरलाई त्यसैको निरन्तरता मानिएको छ।