Butwal Today

सुनसरीमा निर्माणाधीन घरको ट्यांकीमा दुई पुरुष मृत फेला

२८ श्रावण २०८२, बुधबार
अ+
अ-

 विराटनगर ।

सुनसरीको दुहबी नगरपालिका–४ स्थित शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ ।

चन्द्रिका रौनियारको नयाँ घर निर्माण भइरहेकाे क्रममा बुधबार बिहान १० बजे ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार तामाङ उक्त घर निर्माण गर्ने पेटी ठेकेदार हुन् भने राई कामदार हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले घटनास्थलमा फरेन्सिक विज्ञसहितको टोली खटाइएको जानकारी दिएका छन् ।

हाल घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।