ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘द ब्रेभ गोर्खास’ डान्स टिमलाई सम्मान

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

बुटवल, २८ साउन ।
दुबईमा सम्पन्न वल्र्ड सुपरमेसी ब्याटल ग्राउण्ड २०२५ मा तेस्रो स्थान हासिल गरेको ‘द ब्रेभ गोर्खास’ डान्स टिमलाई बुधबार बुटवलमा बधाई तथा सम्मान गरिएको छ । नाश्री डान्स एकेडेमीको आयोजनामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मायाको चिनो र सम्मानपत्रबाट टिमलाई सम्मान गरिएको हो । सो टिम काठमाण्डौमा सम्पन्न वर्ड डान्स नेपाल २०२५ को विजेता समेत रहेको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले देशकै नाम पहिचान गराउने काम भएको बताए । बुटवल नगर शिक्षा, खेलकुद, सास्कृतिक क्षेत्रमा अगाडी रहेको दाबी गर्दै उनले शिक्षा, स्वस्थ्यलाई निजि क्षेत्रको राम्रो लगानी रहेको समेत बताए ।

कार्यक्रममा एकेडेमीका प्रशिक्षक मनिष नेपालीले ढाई वर्षको अवधिमा टिम तयार भएर लागेको बताए । सात देखि २७ वर्ष उमेर समुहका सदस्यहरुलाई समेट्नु धेरै कठिनाईहरु आएको उनले बताए । नृत्य केवल मनोरन्जनको श्रोतका रुपमामात्र नभई साधना र तपस्या भएको उनले बताए । नृत्य एउटा मानव स्वस्थ्यसंग जोडिएको र औषधी मानिने उनले बताए । धेरै प्रतियोगिताको उपाधि र पुरस्कार क्षमताभन्दा पनि पैसासंग किन्ने रुपमा चिनिन लागेको उनले बताए । विश्वका २५ बढी देशका कलाकारहरु बिचमा प्रतिस्पर्धाबाट छनौट भई तेस्रो स्थान हासिल गर्नु कम मेहनत नरहेको एकेडेमीकी संचालक उषा खत्रीले बताउदै यो उपलब्धि अन्तराष्ट्रिय मंचमा नेपाली नृत्यमा उत्कृष्ट भएको दाबी गरिन ।

कार्यक्रममा प्रशिक्षक पुजा दर्नालले धेरै मेहनत र लगनका कारण सफलता हासिल गरेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्घता जनाए । दुबईमा तेस्रो भएपछि धेरै खुशी भएको उनले आफनो अनुभव सुनाउदै सबै अभिभावकहरुको साथ र सहयोगबाट नै उपलब्धि हासिल भएको बताईन । नेपालबाट १० जना कलाकारसहितको टिम जाने तयारी गर्दा बुटवलबाट नृत्यमा प्रतिनिधित्व गर्ने सरकारबाट एउटा पत्रको माग गर्दा समेत उपलब्ध नभएको उनले दुखेसो गरे । ‘दुबई जादा श्रोत देखाउन नसक्दा कठिनाई भएको थियो ।’–उनले भने । नेपाली पंचेबाजामा हिपहपको स्ट्रिप स्लासा प्रर्दशन गरिएको उनले बताए ।

कार्यक्रममा वर्ड डान्स एकेडेमी नेपालका अध्यक्ष रोशन गहतराजले नृत्यबाट आफ्नो र आफ्नो क्षेत्रको पहिचान दिने काम गरेको बताए । धेरै मेहनत र निरन्तरता जरुरी रहने उनले बताए । कलाकार र नृत्यप्रति सरकारको दृष्टिकोण अझै पनि सकारात्मक नरहेको भन्दै उनले आफ्नै खर्चमै उपलब्धि हासिल गरेको बताए ।

कार्यक्रममा सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले युवा प्रतिभाबाट देशलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन सफल भएको बताए । ‘प्रशिक्षणको थलोलाई नया ढंगबाट अघि बढाउन जरुरी छ ।’– उनले भने ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?