ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तिजमा वर्तको नौटङ्की !

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

एक जना पत्रकारले प्रश्न गरे,
अर्जुन जी,
नेपाली हिन्दु नारीहरुको तीज पर्व अहिले जे जसरी मनाउन थालिएको छ, त्यसलाई तपाईं के भन्नुहुन्छ ?

मैले भने,
हार्ड न्यूजमा भनौं कि सफ्ट न्यूजमा ?
पत्रकारले भने,
हार्ड न्यूजमा भन्नुस् ।

अनि मैले भने,
कुनै विशेषण नलगाइकन तड्कारो रुपमा भन्छु ।
कत्ति ढुलमुल नगरिकन
कत्ति नहिच्किचाइकन
सत्य–सत्य, धर्म–धर्म, नढाँटिकन जे का ते भन्छु–
‘फेशन शो’
मात्र ‘फेशन शो’ ।
पत्रकारले अर्को प्रश्न गरे
राम्रो पोइ पाइन्छ भने के भो त भनेर
क्रान्ति
परिवर्तन
रुपान्तरण
जस्ता समयका अपेक्षालाई पनि थाती राखेर
पानी पनि नखाइकन
भोलेनाथ बाबाको कठोर वर्त बस्ने
आजकी विकासे कुमारी नानीलाई तपाईं के भन्नुहुन्छ ?

ती विकासे कुमारी नानीलाई म स्पष्ट भन्न चाहन्छु,
हेर नानी,
यो वर्त सर्तको नौटङ्की नगर
तिमी जतिसुकै कठोर वर्त बसेपनि
तिम्रो कठोर वर्त
विषादि हालेको अन्नपानी
ठाउँ–कुठाउँ बनेका लत्ताकपडा
अश्लील गायन
उच्छृंखल वाद्यवादनले गर्दा अशुद्ध छ ।
अशुद्ध छ भन्ने कुरा त्रिकालदर्शी भोलेबाबालाई पनि पक्कै थाहा छ ।
अनि फेरि
भोले बाबा फक्कड बाबा हुन्
आशुतोष पनि हुन्
आशुरोष पनि हुन्
छिट्टै खुशी भएर वरदान दिन पनि सक्छन््
छिट्टै रिसाएर सराप दिन पनि सक्छन्

जलवायु, अन्नपात, बोलीवचन, रहनसहन, पहिरन, तन, मन, धन सबै अशुद्धै अशुद्ध भएको बखत
तेरो वर्त अशुद्ध भयो भनेर आशुरोष भोले बाबाले सराप दिने बढी संभावना छ ।
तसर्थ तिमी,
तिनी फक्कड बाबालाई छोड
अलमल नगरिकन छोडिहाल ।
बरु,
तिम्रै कम्प्युटरमा
तिमी आफैले राखेको फेसबुक छ
फेसबुक माने अनुहारको पुस्तक
पुस्तक माने सरस्वती
हाम्रो आश्थामा साक्षात् सरस्वती देवी
सरस्वती देवी भनेरै हामी पुस्तकलाई ढोग्छौं
त्यसै पुस्तकको तिमी आरधना गर
उपासना गर
वर्त गर
पानी पनि नखाएर
एकाग्रचित्त भएर
श्रद्धा गर
त्यसै पुस्तकका अङ्गप्रत्यङ्गमा
क्लिक क्लिक गर
गरिराख
एक दिन न एक दिन फेस बुक खुशी हुन्छ
तिमीलाई च्वाक पोइ प्राप्त हुन्छ ।
यो कुरा पक्का ।
पत्रकारले फेरि प्रश्न गरे,
क्रृषिपञ्चमीमा अरुन्धतीसहित सप्तक्रृषिको पूजा गरेर आफ्ना पतिको दीर्घायु कामना गर्ने विवाहिता नारीलाई तपाईं के भन्नुहुन्छ ?

दिनदिनै औषधियुक्त दन्तमञ्जनले दाँत माझ्ने, शुद्ध कलको पानीमा स्नान गर्ने, आधुनिक औद्योगिक मसिनमा प्रशोधित अन्न, दूध, घिउ, फलफूल, तरकारी, मासु सेवन गर्ने हे विवाहिता भद्र महिला !
क्रृषिपञ्चमी पूजामा पवित्रताको नाममा

अव ३ सय ६५ वटा अपामार्गका दतिवनले एकै दिन एकमुष्ट दाँत माझ्ने नौटङ्की नगर
मलमूत्र मिसिएको फोहोरो किन नहोस्, त्यही कुवामा, त्यही पँधेरीमा स्नान गर्ने धृष्टता नगर
हलो पनि नलागेको, कोदालाले खनेर उब्जाएको शुद्ध अन्न मात्र खान्छु भन्ने स्वाङ् नगर ।
अब,
कोलगेट कम्पनीका टूथपेष्टहरुले तिम्रो अपामार्गका दतिवनको एकमुष्ट दन्तमञ्जनलाई,
फलाम र रबरका पाइपहरुमा सुसेली मार्दै बग्ने शुद्ध पानीका कलधाराहरुले ती कथित पवित्र कुवा र पँधेरीहरुलाई,
अनि
आधुनिक सेलर मेसिनबाट उत्पादित जिरामसिनो चामलले तिम्रो कोदाले अन्नलाई विस्थापित गरिसकेका छन् ।

जहाँसम्म पतिको दीर्घायुको कुरा छ
त्यसका लागि
अरुन्धतीसहित कुशका सातवटा क्रृषि बनाएर
तिनलाई चन्दन, अक्षता र फूल प्रसादले पूजाको नौटङ्की गर्न पर्दैन
साक्षी मात्र राख र प्रतिज्ञा गर
“अव उप्रान्त म मेरा पतिलाई कुनै प्रकारको ‘टेन्सन’ हुने कुनै काम गर्ने छैन ।”
साँच्चिकै यसो ग¥यौं र पतिलाई कुनै प्रकारको ‘टेन्सन’ दिइनौ भने
तिम्रा पतिको आयु अवश्य बढ्ने छ ।
                                                                                                                                                                                                               साउन २०८२, नारीहरुको वर्त बस्ने महिना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?