ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दाङ जिल्ला अदालतले एक वर्षमा करिब ६२ प्रतिशत मुद्दा फर्छ्यौट

२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

दाङ,२६ साउन ।

दाङ जिल्ला अदालतले बितेको एक वर्षमा करिब ६२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलका अनुसार आर्थिक वर्षमा दर्ता भएका कुल पाँच हजार दुई सय २६ मुद्दा मध्ये एक वर्षको अवधिमा तीन हजार दुई सय ६२ अर्थात् ६२ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।

जसमा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरू तेजनारायण पौडेलले सात सय ३९, टिकेन्द्र दाहालले तीन सय ७२, रोमाकान्त ज्ञवालीले चार सय ११, राजेश्वर अर्यालले पाँच सय २४, प्रतिमाकुमारी भट्टराई पोखरेलले तीन सय ८१, लालसिंह थापाले छ सय पाँच वटा मुद्दा फर्छ्यौट गरेका छन्  ।

यसै गरी, न्यायाधीश मनोजकुमार श्रीवास्तवले एक सय ७९, ताराकुमारी शर्माले आठ र लोकबहादुर हमालले ४३ वटा मुद्दा तथा रिट निवेदनको छिनोफानो गरेका छन्  । जिल्ला अदालत दाङका सूचना अधिकारी गोकर्ण वलीका अनुसार बितेको एक आर्थिक वर्षमा पारिवारिक विवाद अन्तरगत सम्बन्ध विच्छेदका एक हजार एक सय एक वटा मुद्दा दर्ता भएकोमा आठ सय ९४ वटा फर्छ्यौट भएको छ ।

विवाह सम्बन्धी एक सय २२ मुद्दा दर्ता भएकोमा ९१ मुद्दा फर्छ्यौट भएको छ । अंशबन्डाका सात सय सात मुद्दा दर्ता भएकोमा तीन सय ७४, अपुताली सम्बन्धी १६ मुद्दा दर्ता भएकोमा सात, अन्य शीर्षकमा एक सय ३८ विवाद दर्ता भएकोमा ८३ वटा फर्छ्यौट भएको छ ।

करार सम्बन्धी १९ मुद्दा दर्ता भएकोमा नौ वटा, अनुचित समृद्धि एउटा वटा मुद्दा दर्ता भएकोमा फर्छ्यौट भएको छ । यसै गरी, मिलापत्र बदरका १२ वटा मुद्दा दर्ता भएकोमा चार वटा, फैसला बदरका २२ वटा मुद्दा दर्ता भएकोमा ११ वटा, अन्य १२ वटा मुद्दा दर्ता भएकोमा १० वटा फर्छ्यौट भएको छ । सार्वजनिक शान्ति विरुद्धको कसुरमा ११ वटा मुद्दा दर्ता भएकोमा सबै फर्छ्यौट भएको छ ।

सम्पत्ति अन्तर्गत जग्गा सम्बन्धी एक सय १७ मुद्दा दर्ता भएकोमा ५०, लेनदेनका तीन सय ९३ मुद्दा दर्ता भएकोमा दुई सय १०, सार्वजनिक जग्गाका छ मुद्दा दर्ता भएकोमा एउटा, लिखत बदरका तीन सय नौ मुद्दा दर्ता भएकोमा एक सय ५३, घर बहालको एउटा वटा मुद्दा दर्ता भएकोमा उक्त मुद्दा फर्छ्यौट भएको छ भने अन्य शीर्षकमा आठ वटा मुद्दाको फर्छ्यौट हुन बाँकी छ ।

बहुविवाहका २८ मुद्दा दर्ता भएकोमा १४ वटा, बालविवाहका चार वटा मुद्दा दर्ता भएकोमा दुई वटा, कर्तव्य ज्यानका ४२ वटा मुद्दा दर्ता भएकोमा २० वटा, ज्यान मार्ने उद्योगका ४० वटा मुद्दा दर्ता भएकोमा २८ वटा, आत्महत्या दुरुत्साहनका १३ मुद्दा दर्ता भएकोमा १२ वटा फर्छ्यौट भएको छ ।

जबरजस्ती करणी सम्बन्धी एक सय ५६ मुद्दा दर्ता भएकोमा ७४ वटा, हाडनाता करणीका १६ मुद्दा दर्ता भएकोमा ५ वटा, जबरजस्ती करणी उद्योगका १३ मुद्दा दर्ता भएकोमा १० वटा बाल यौन दुरुपयोगका पाँच मुद्दा दर्ता भएकोमा तीन वटा फर्छ्यौट भएको छ ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दा मध्ये अब एक हजार नौ सय ६४ मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरी आएको सूचना अधिकारी वलीले बताए ।  दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?