Butwal Today

अनेरास्ववियु सिद्धार्थनगरले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान गर्दै

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

भैरहवा, २३ साउन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, सिद्धार्थनगर, रुपन्देहीले २०८२ वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।

अनेरास्ववियु सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका (भैरहवा) भित्र रहेका विद्यालयबाट तथा सिद्धार्थनगरमा स्थायी बसोबास गर्ने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको हो ।

कक्षा १२ मा ३.२ र सो भन्दा माथि जी.पी.ए. ल्याउने करिब १ हजार विद्यार्थीहरुलाई प्लस टु उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम गरी सम्मान गरिने अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल. पाण्डेले जानकारी दिए।

‘अघिल्ला वर्षहरुमा पनि यो कार्यक्रम गरेका थियौं, यस वर्ष पनि निरन्तरता दिदैछौं, ’पाण्डेले भने । कार्यक्रम यही साउन ३१ गते शनिबार दिउँसो १ बजेदेखि सिद्धार्थनगर–१२ स्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा हुने अनेरास्ववियु सिद्धार्थनगरका प्रचार विभाग प्रमुख प्रतीक नेपालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?