© २०२३
काठमाडौं, २२ साउन ।
ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीमा १८ वर्षीय केटा साथीको घरमा गएकी एक किशोरीको रहस्यमय मृत्यु भएको छ ।
बुधबार दिउँसो ती किशोरी केटा साथीको घरमा पुगेकी थिइन् । सोही क्रममा उनी अचानक बेहोस भएपछि उनलाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो, तर अस्पताल पुग्दा चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।
घटनापछि किशोरीको १८ वर्षीय केटा साथीलाई प्रहरी नियन्त्रणमा लिई सातदोबाटो प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार किशोरीको शव पोस्टमार्टमका लागि पठाइएको छ र मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरू प्रेम सम्बन्धमा रहेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ, तर यकिन प्रमाणका आधारमा थप अनुसन्धान जारी छ ।