Butwal Today

घूस ‘डिल’ गरेका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

३१ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई कारबाही गर्न सरकारमाथि दबाव बढेको छ ।

घूस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई तत्काल बर्खास्त गरेर कारबाही गर्न सडकदेखि सदनसम्मबाट दबाव परेको हो । तर सुशासन आयोगको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली यसबारे अझै मौन छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिएको भनिए पनि यसबारे औपचारिक जानकारी भने सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओलीले सोमबार मन्त्री गुप्तालाई बोलाएर छलफल गरेका थिए । तर गुप्तालाई मन्त्री पदबाट हटाउनेबारे कुनै निर्णय भएन ।

मन्त्री गुप्ताले घुस मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । अख्तियारले अडियो परीक्षण गर्न विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।

मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच कुराकानी भएको ९ मिनेटको अडियोमा ‘मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ गरी ७८ लाख रुपैयाँ घुस डिल गरेको उल्लेख छ ।

६ महिनाअघि भएको यो घुस संवादको अडियो केही दिनअघि सार्वजनिक भएको थियो।

बुटवल टुडे डेस्क रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?