© २०२३
बुटवल, २९ असार–
एकसाथ १४ वटा ठूलो गाडी चार्ज गर्न मिल्ने गरी रुपन्देहीमा इलेक्टिकल भेइकल (ईभी चार्जिङ सेन्टर सञ्चालनमा आएको छ । ३ करोड लगानीमा तिलोत्तमाको नयाँमिलमा शशिला मोटर्स प्रालिले व्यवसायिक चार्जिङ सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।
देशकै ठूलो चार्जिङ सेन्टरको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाँणले उद्घाटन गरे । यस क्षेत्रमा बढदो विद्युतीय गाडीको प्रयोग र आवश्यकतालाई हेरेर दैनिक १५० गाडी चार्ज गर्ने लक्ष्यका सहित चार्जिङ सेन्टर सञ्चालन गरिएको शशिला मोटर्स प्रालिका प्रबन्ध निदेर्शक सन्तोष खतिवडाले बताए ।
स्टेशनमा १ हजार केभिए क्षमताको नेको ट्रान्सफरमर जडान गरिएको र ७ वटा चार्जिङ्ग मेसिनबाट दोहोरो सेवा प्रदान गरिएको छ । चार्जिङ्ग स्टेशनको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मुलुकको आर्थिक बिकासका लागि ईन्धन आयात घटाउनु पर्नेमा जोड दिँदै यसका लागि स्वदेशमा उत्पादित बिद्युत् खपत बढाउनुपर्ने बताए ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बिद्युतिय सवारी साधनले प्रदान गर्ने सेवाको गुणस्तर उच्चस्तरको हुनुपर्ने बताउदै अघोषित लोडसेडिङको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । अध्यक्ष खरेलले चार्जिङ्ग स्टेशनमा अटो वर्कसप र अटो पार्टस्को व्यवस्थासमेत गरिनुपर्ने बताए । सोही अवसरमा शसिला मोटर्स प्रालिबाट हाईगर कम्पनीको बिद्युतिय गाडी खरिद गर्ने ३ जनालाई साँचो हस्तान्तरण गरिएको थियो ।