Butwal Today

रास्वपाद्धारा प्रतिनिधि सभा बैठक बहिस्कार

९ असार २०८२, सोमबार
अ+
अ-

बुटवल, ९ असार । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ। बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए । उनले मानव तस्करी, भ्रष्टाचार र कुशासन विरूद्ध रास्वपाको अडान स्पष्ट रहेको बताए। तर जनताको पक्षमा बोलेकै कारण रास्वपाको आवाज दबाउने प्रयत्न भइरहेको बताए । ’सरकारले जनताको मुद्दा उठाउनुलाई नै अपराध ठान्न थालेको हो?,’ उनले भने ।

’मानवतस्करीजस्तो अपराधमा सरकार किन मौन छ? उच्चस्तरी संसदीय वा न्यायिक छानबिन समिति गठनको माग किन बेवास्ता भइरहेको छ? गृहमन्त्री आफैले तोकेको नैतिक मापदण्डमा किन असफल हुनुभयो?,’ उनले अगाडि भने ।

सांसद नेपालीले आफूहरूको माग सुनुवाइ नभए संसद बहिस्कार गर्ने घोषणा गरेपछि रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका थिए ।