ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो
मुख्य समाचार

देव शमशेरका पनातीको संसदीय यात्रा

७ मंसिर २०७९, बुधबार
७ मंसिर २०७९, बुधबार

बाँके, ७ मंसिर ।

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर जबरा २९ हजार ५ सय ७३ मतका साथ विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५३ मतको अन्तरले पराजित गरे । राई पुर्ब मन्त्री हुन ।

को हुन धवल ?

राणा दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित भए । उनले आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाए । २०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उनले मेयर हुँदाको जस्तै यदि सांसद भए पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरेका छन् ।

राणाले दुई कार्यकाल गरी दश वर्ष नेपालगन्ज उपमहानगरपालिका हाँके । त्यसअवधिमा पाउने पारिश्रमिकबाट कहिले निःशुल्क भोजन गराउने संस्थालाई सहयोग गरे भने कहिले पैसा अभावमा उपचार गर्न नपाएका बिरामीलाई सहयोग गरे । उनले पहिलो कार्यकालमा प्रतिक्षालय समेत निर्माण गरेका थिए । राणाले चिकित्सा शास्त्र पढ्न अवसर पाएकी तर पैसा अभाव झेलिरहेकालाई समेत आफ्नो तलव दिएका थिए । आफुले पाउने पारिश्रमिक सेवामा लगाउनुलाई सामान्य ठानेको राणा बताउँछन् ।

भ्रष्टाचार विरोधी, विकास प्रेमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् । धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाती हुन् । मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका हुन् । मसुरी शमशेरका छोरा, धवलका बुवा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । राजनीतिमा पढेका कमै व्यक्तिहरु मध्ये पर्छन् धवल शमशेर ।

धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् । सुरुमा धवलले व्यावसायिक सफलतापछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर उनेर २०४७ सालमा राजनीतिमा आवद्ध भएका हुन् ।

२०५१ को संसदीय निर्वाचनमा पराजित भएपनि २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख पदमा अत्यधिक मतले निर्वाचित हुन उनी सफल भए । नेपालगन्जको नगर प्रमुख बन्दा धवल जम्मा ३२ वर्षका मात्रै थिए । पहिलोपटक प्रमुख बन्दा उनले नेपालगन्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे । आफुले प्रमुख भए बाफत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे ।

आफ्नो तलब–भत्ताबाट मानबिय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् उनी । १०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन् । त्यही छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनी दोस्रो कार्यकाल पनि सफल भए ।

उनको दोश्रो कार्यकालमा भताभुङ्ग भएको नेपालगन्जलाई बनाउने काम भएको स्थानीयको बुझाई छ । अब उनको संसदीय यात्रा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?