Butwal Today

सभामुख अर्यालद्वारा सिद्धबाबा मन्दिरमा पूजाआजा

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित प्रसिद्ध सिद्धबाबा मन्दिरमा शनिबार पूजाआजा तथा दर्शन गरेका छन् ।
पाल्पा पुगेका सभामुख अर्यालले मन्दिरमा पूजाआजा गर्नुका साथै मन्दिरको धार्मिक महत्व, ऐतिहासिक पृष्ठभूमि र विशेषताबारे जानकारी लिएका थिए ।
मन्दिर पुगेका सभामुख अर्याललाई मन्दिर विकास समितिका अध्यक्ष अरविन्द्र पाण्डेय, उपाध्यक्ष शेरजंग थापा, सचिव विष्णु पाण्डेय, कोषाध्यक्ष तोया लम्साल तथा मन्दिरका गुरुहरूले रामनामी ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा मन्दिर विकास समितिका पदाधिकारीहरूले सभामुख अर्याललाई मन्दिरको महिमा, धार्मिक तथा सांस्कृतिक महत्व र विकासका विषयमा जानकारी गराएका थिए । सभामुख अर्यालले मन्दिरको विशेषताबारे चासो राख्दै जानकारी लिएका थिए । सभामुख अर्यालसँगै पाल्पाबाट निर्वाचित संघीय सांसद माधव थापा पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?