Butwal Today

लुङ्ग्री–३ मा रास्वपाको वडा समिति गठन, पाँच पदाधिकारी चयन

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

रोल्पा ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले रोल्पाको लुङ्ग्री गाउँपालिका–३ मा १९ सदस्यीय वडा समिति गठन गरेको छ। पार्टी संगठन विस्तार तथा स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउने उद्देश्यसहित वडा समिति गठन गरिएको हो।

लुङ्ग्री गाउँपालिकाका रास्वपा सभापति खिमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भेलाले यामबहादुर खड्काको नेतृत्वमा नयाँ वडा समिति चयन गरेको हो। नवगठित समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्य तथा सल्लाहकारको जिम्मेवारी बाँडफाँट गरिएको छ।

नवगठित वडा समितिको सभापतिमा यामबहादुर खड्का चयन भएका छन् भने उपसभापतिमा झपेन्द्र जिसी चयन भएका छन्। त्यस्तै, सचिवमा भविराम खड्का, सहसचिवमा यामबहादुर बिष्ट र कोषाध्यक्षमा चमिला खड्का चयन भएका छन्।

समितिमा अनिलकुमार जिसी सदस्य सल्लाहकारका रूपमा रहेका छन्। अन्य सदस्यहरूमा तिलक जिसी, देवबहादुर खड्का, अमृत खड्का, बालकृष्ण खड्का, जालबहादुर जिसी, सुरेश जिसी, जीवन जिसी, झपेन्द्र खड्का, सागर खड्का, सोभाराम खड्का, हुकुम खड्का, रुकमान खड्का र पदम खड्का रहेका छन्।

नयाँ समिति गठनसँगै वडा तहमा पार्टीका गतिविधिलाई सक्रिय बनाउने, संगठनलाई व्यवस्थित गर्ने तथा स्थानीय नागरिकका समस्या र आवश्यकतासँग नजिक रहेर काम गर्ने अपेक्षा गरिएको छ। विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा प्रवेश गर्नेहरूको सहभागिताले संगठन विस्तारमा थप ऊर्जा मिलेको बताइएको छ।

नवगठित समितिले स्वच्छ राजनीतिक अभ्यास स्थापित गर्दै नयाँ सोच, कार्यशैली र जनमुखी नेतृत्वका साथ अघि बढ्ने लक्ष्य लिएको छ। स्थानीय स्तरमा जनताको आवाजलाई प्राथमिकतामा राख्दै विकास, सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

समिति गठन कार्यक्रममा सहभागीहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनताको सेवामा समर्पित हुने र पार्टीका नीति, विचार तथा उद्देश्यलाई गाउँस्तरसम्म पुर्‍याउने धारणा राखेका थिए। वडा समितिले आगामी दिनमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा स्थानीय मुद्दाहरूको पहिचान गरी समाधानका लागि पहल गर्ने जनाएको छ।

नयाँ नेतृत्व चयन भएसँगै लुङ्ग्री गाउँपालिका–३ मा रास्वपाको संगठनात्मक गतिविधिले गति लिने विश्वास गरिएको छ। स्थानीय नागरिकको विश्वास जित्दै जनमुखी राजनीतिक संस्कार विकास गर्ने र वडाको समग्र हितका लागि क्रियाशील रहने नवगठित समितिको लक्ष्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?