Butwal Today

प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ उद्योगी व्यवसायी सहभागी हुँदै

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारतको राजकीय भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्। नेपाल–भारतबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधि सम्मिलित टोली भारत जान लागेको हो । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यावसायिक टोली नयाँदिल्ली जाने जानकारी दिएका हुन्। टोलीमा उद्योग वाणिज्य क्षेत्रका छाता सङ्गठनका पदाधिकारीदेखि ऊर्जा, निर्माण, पर्यटन, सूचना प्रविधि, अटोमोबाइल, औषधि, हस्तकला तथा निर्यात क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी तथा कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, नीरज काफ्ले र शिवकुमार अग्रवाल भ्रमण टोलीमा छन् ।
त्यसैगरी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि टोलीमा सहभागी हुनेछन् ।
ऊर्जा तथा पूर्वाधार क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष मोहनकुमार डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र पुष्कर पौडेल तथा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डे सहभागी हुनेछन्। निर्यात तथा उत्पादन क्षेत्रबाट निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य र नेपाल कफी व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज श्रेष्ठ पनि भारत जाने सूचीमा छन् ।
भ्रमण टोलीमा निजी क्षेत्रका प्रमुख व्यावसायिक घरानाका प्रतिनिधिसमेत समेटिएका छन्। विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, साइमेक्स इंककी यमुना श्रेष्ठ, आईएमई ग्रुपका सचिन ढकाल र भाटभटेनी ग्रुपका कल्याण गुरुङ टोलीमा सहभागी हुँदैछन्। यसैगरी जीवानाथ लामिछाने, सञ्जय शाक्य, दीपक थापा, नितेश मालपानी, टुकप्रसाद पौडेल, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास र राजनकुमार बन पनि भ्रमण टोलीमा छन् ।
पर्यटन तथा यातायात क्षेत्रबाट होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालका अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डे र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?