Butwal Today

दाङका किसानले पाउँदैनन् तरकारीको बजार मूल्य

४ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

दाङ ।

दाङका धेरै किसानव्यावसायीक तरकारी उत्पादनमाजोडिएका छन तर किसानले मेहनत र लागतअनुसारको मूल्यनपाउँदाउनीहरु निरास वन्नुपरेको छ ।

घोराहीउपमहानगरपालिका –६ की सीताचौधरीले ४ कठ्ठाजमिनमा टमाटर खेती गरेकी छन् ।तर उनको गुनासो छ– टमाटर लगाउँदाखर्च र मेहनत गरे अनुसारको रकमभने पाउँदिन ।

अहिले टमाटरको बजार थोकमूल्यजम्मा१० रुपैयाँकिलोछ ।सिताले पनित्यत्तिमै बिक्री गर्नुपरेको बाध्यता सुनाईन ।ब्यापारीले तोकिदिएको मूल्यमाबिक्रीगर्दा आफ्नो मेहनत र लागतमूल्य समेत नपाउने गुनासो छ।त्यसबाट बीउ, मल रलगानीपनि नउठ्ने उनले बताइन् ।आफुले दुःख गरेर खेती गरेको बस्तुको मूल्यब्यापारीले तोकिदिएपछि किसानलाई भने घाटा हुने सिता जस्तै धेरै किसानको गुनासो छ ।

स्थानीय सरकारले किसानको तरकारीको मूल्यनिर्धारण गरिदिने हो भने किसानले उचितमूल्यपाउने उनको भनाई छ। सिताका छिमेकीचरन चौधरीले ब्यावसायीक तरकारी खेतीगर्न थालेको १० बर्ष भयो।उनले काउली,बन्दा, मुला र टमाटर खेती गरेका छन् ।सिताजस्तै उनले पनिउत्पादन गरेको बस्तुले बजार मूल्यनपाएको उनको गुनासो छ।उनी भन्छन्– तरकारीको भाउजाँदैन, ब्यापारीले तोकेको मूल्यमाबिक्रीगर्न बाध्य छौ ।

उनी भन्छन– ब्यापारीले हामीसंग १० रुपैया किलोमाखरिद गर्छन् र ५० रुपैयाँकिलोमाबिक्री गर्छन् ।मेहनतगर्नेकिसानमर्कामापर्नेर बिचौलियामोटाउने गरेको उनले बताए ।किसानले उत्पादन गरेको बस्तुको मूल्यनपाउने तर ब्यापारीले प्रसस्त आम्दानीगर्नेउनको भनाई छ। सिंचाइको लागिमोटर लगाउँदालाग्ने विद्युतखर्च, मल, बीउ र आफ्नो समयको कुनै मूल्यनभएको उनले बताए ।स्थानीय सरकारले किसानले उत्पादन गरेको बस्तुको मूल्यनिर्धारण गरिदिने र बिक्रीकाबजार ब्यवस्थापन गरिदिएमाकिसानले राहतपाउने उनको धारणा छ।

घोराही ६ का वडा अध्यक्ष बिष्णुरामआचार्यले घोराहीमाब्यावसायीक रूपमा टमाटर खेतीगर्नेको संख्या धेरै भएकाले उत्पादन धेरै खपतकमभएको बताए । बिघाका बिघा जमिनमा टमाटर खेतीछ ,प्रतिस्पर्धा धेरै भएकाले खेती गरेको बस्तुले उचितमूल्यनपाएको उनी बताउँछन ।

जिल्लाबाहिर पनिबिक्रीहुनथाले पछि उत्पादनभएको बस्तुले मूल्यपाउने वडा अध्यक्षआचार्यको भनाई छ । त्यसको लागिजिल्लाबाहिरका ब्यापारीसंग समन्वय भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?