Butwal Today

जिम्मेवारी बहन गरौं, खुराफातबाट टाढा बसौं

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

आजभोली धेरै ठाउँमा कसले कुन पार्टीको नेतृत्व गर्नुपर्ने, कसले कुन पार्टीको नेतृत्व लिनुपर्ने जस्ता कुरा निकै सुुन्न पाइन्छ । भन्नेहरूलाई त आनन्द लागेको होला तर त्यो आनन्द कसरी लाग्यो थाहा छैन । त्यही आनन्द लाग्नेकुरा नै आश्चर्यजनक बनेको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व कसले गर्ने भन्ने कुुरा राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि बाहिरका कुनै पनि नागरिकलाई त्यो पार्टीमा श्यामप्रसादले नेतृत्व गरे के भयो यामबहादुुरले नेतृत्व गरे के भयो ?

अथवा नेतृत्व विहिन भए के भयो ? अरूका निम्ति कुनै चासोको विषय नै होइन । यसै गरेर आज खुव चर्चामा आएको विषय हो– नेकपा एमालेभित्र कसले नेतृत्व गर्ने भन्ने कुरा । एमाले बाहेक अरूलाई यो विषयमा के चासो ? यो पार्टी बनाउने र विगार्ने भन्ने कुरा यही पार्टीमा लागेका र यसको नेतृत्व गर्नेहरूको विषय हो । किन मानिसहरू अनावश्यक चासो राखेर बढता टिकाटिप्पणि गर्न रुचउँछन् ? यस्तो कुरा सुुन्दै आश्चर्य लागेर आउँछ । साविक माले हाल एमालेमा नेतृत्वको कुरा गर्दा सि.पी मैनालीदेखि के.पी.ओलीसम्म आईपुुगेको छ ।

यतिवेलासम्म कसले नेतृत्व गरेर के भयो कसले नेतृत्व गरेर के भएन ? देश र जनताका लागि राम्रो गरेको भए उसले श्रेय पाउँछ नगरेको भए उसैले श्रेय पाउँदैन र उसको लोकप्रियता आफै घटदै जान्छ । किन कसैले उसका विरुद्धमा घोक्रो सुकाउनुु परेको छ र ? यस्तै नेपाली काँग्रेसको नेतृत्व गगन थापाले गरे के भयो शेरबहादुर देउपाले गरुन यो दलदेखि बाहिरका अन्य व्यक्तिहरू कसलाई के चासो ? आफ्नै मुलुकको दल भएको हुनाले सामान्य चासो राख्नुु स्वभाविक हो तर अतिरञ्ञित चासो राख्न् कुनै आवश्यक छैन । यसरी प्रष्टसंग कुरा बुझ्नु पर्दछ ।

यी माथि उल्लेख गरिएका गफहरू चिया गफमा आउने गर्दछन् । अझ चिया गफमा सबैभन्दा धेरै नेकपाका संयोजक पुुष्पकमल दाहाल प्रचण्डलाई उडाउने गरेको देखिन्छ र सुुनिन्छ । वर्तमान अवस्थामा धेरै टुक्रा मिलेर नेकपा बनेको छ । यो बन्नुराम्रो कुरा हो । टुक्रेका वा फुुटेकाहरूलाई कमसेकम एउटा कम्युनिष्ट पार्टीको नाममा एकजुट भएको देख्न पाइएको छ । हुन सक्छ यही पार्टीले भोली राम्रो तरक्की गर्न सक्छ कि ?

आज नेकपा भन्दा बाहिर बसेकाहरूलाई ज्यादै चासोको विषय होइन तर यही चासो बढेर आइरहेको छ । यो भनेको नजाने गाउँकोे बाटो निधिखुदी गरेर सोधेको जस्तै हो । नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व कसलाई दिने भन्ने कुरा नेकपा एमालेका वा नेपाली काँग्रेसका कुनैपनि नेता तथा कार्यकर्तालाई चासो राख्नुपर्ने विषय केहीपनि छैन । चासो गर्ने हो भने यही नेपाली कम्युनिष्ट पार्टी नेकपा भित्रका नेता तथा कार्यकर्ताहरूले गर्ने विषय हो, अरूका निम्ति कुनै चासोको विषय हुँदै होइन । आफ्नो पार्टीको नेतृत्व कसले पाउने र कसलाई दिने भन्ने कुरा बाहिर बसेकाहरूले चासो गर्ने विषय नै होइन । यसमा अरूको टाउको दुखाई हुनुहुँदैन । उही पार्टीभित्रका नेता कार्यकर्ताले आफ्नो दलको नेतृत्व कसलाई दिएपछि पार्टी सुुदृढ भएर जान्छ भन्ने कुरा उहाँहरूले नै जान्ने वा बुुझ्ने विषय हो । नेपाली कम्युष्टि पार्टीको नेतृत्वमा जो पुुगे पनि नेपाली काँग्रेस वा नेकपा एमालेका नेता कार्यकर्ताहरू बोल्न जरुरी छैन ।

अरू दलका नेता कार्यकर्ताले चासो राखेको कत्ति पनि सुहाउँदैन तर हामी त्यसकै खेती गरिरहेको छौं । नेपालमा भएका दलहरू मध्येमा धेरैको दिल दिमाग नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवाद लेनिनवादीमा पुुगेको छ । यो देख्दा आफैमा आश्चर्य लाग्छ । नेकपा एमालेका सम्वन्धमा कुुरा गर्दा सबैभन्दा आश्चर्य लागेर आउँछ । एमाले भित्रको सधैको एउटा प्रतिपक्ष (विद्रोही खेमा) छ उसले आजभोली कहाँ के बोल्ने भन्नेकुराको समेत सन्तुलन गुमाएर गल्लीमा तथानाम बोली रहेको छ । जहाँ मन लाग्यो त्यहाँ त्यस्तो कुरा बोल्न हुुन्थ्यो हुुँदैन्थ्यो त्यो पनि थाहा छैन, मनपरि गाली गरेपछि ठूलो मानिस भइन्छ भन्ने लागेर पनि हुनसक्छ मुखमा आएजतिका शब्दहरू ओकलेको सुुन्न पाइन्छ । पार्टी पद्धति के हो भन्ने नै सिमा छैन । यसका अतिरिक्त एमालेसंग सम्वन्धित नभएकाहरूले अन्य दलमाथिको प्रहारभन्दा विद्रोही खेमाबाट बढता प्रहार गरिरहेको सुन्न र देख्न पाइन्छ । यसरी बोल्दा पनि कति थकाई नलागेको होला ? बहादुर रहेछन् क्यारे ?

नेकपा एमाले भित्रको र बाहिरको यो सबै दृश्य हेर्दा र सुन्दा “हग्नेलाई भन्दा देख्नेलाई लाज” भनेको यही हो । हरेक पार्टीभित्र एउटा पद्यति हुन्छ । विधि हुन्छ र विधान हुन्छ । यही विधि र विधानको आधारमा पार्टीभित्र पद विभाजन हुन्छ अनि ती पदहरूमा सके सर्वसम्मत हुन्छ भएन भने निर्वाचन हुन्छ । दलहरू भित्र जो लोकप्रिय छ उसले बाजि मार्छ, उही पदमा जान्छ । यसमा भ्रम पर्नु पर्ने के छ र ? आफूले लोकप्रियता हासिल नगर्ने अरूको विजयमा किन दिल दुखाएर तथानाम बोल्ने ?

आफूले लोकप्रियता हासिल गरेर जसलाई हराउनु छ त्यसका विरुद्धमा उमेदवारी दिएर धुलो चटाए भैहाल्थ्यो । “झिंगाको गालीले डिंगा मर्दैन ।” बाटामा चिच्याएर पार्टी बलियो हुने भए किन विधि र विधान चाहियो र आचारसंहित किन चाहियो ? यसकारण विधि भित्र पस्ने अनि अनुशासनमा बस्ने । सम्वन्धित कमिटीमा जमेर कुरा राख्ने वानीको विकास नभएसम्म यो नाटक यसैगरी मञ्चन भइरहने छ ।

भखरै सम्पन्न नेपाली काँग्रेसको १५ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाको विपक्षमा अध्यक्ष पदमा दलभित्रका कुनै व्यक्ति उमेदवार उठेका त थिए नि, उनी जति लोकप्रिय थिए त्यति मत पाए । गगन थापा जति लोकप्रिय थिए उनले त्यति मत पाए अनि विजयी भए । अव आम नेपालीले नेपाली काँग्रेको वारेमा समाचार सुन्ने हो मतका वारेमा विमति राख्ने होइन । त्यो अधिकार नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई मात्र छ । किनकी उनीहरू आफै उमेदावर बन्ने अधिकार राख्छन् र भोट हाल्ने अधिकार समेत राख्दछन् । अरूले त्यसको वारेमा टिप्पणीगर्न नै जरुरी छैन । जरुरी मात्र होइन त्यस्तो टिप्पणी गर्ने अधिकार पनि अरूलाई छैन ।

यदि टिप्पणी गर्ने विचार नै हो भने नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नुपर्दछ । मन जित्ने प्रयत्न गर्नुपर्दछ अनि उमेदवार बन्ने वा भोटर बन्ने प्रयासमा लाग्नु पर्दछ । अन्यथा बाहिर बसेर वाइहात गफ गरेको युक्ति संगत हुँदैन । गफ पनि युक्तिसंगत हुनुपर्दछ । वकमफुुसे गफमा रमाउन छोडनु पर्दछ । सारमा के हो ? हिँजोदेखि नै एउटा जमात नेपालका दलहरू कमजोर बनाउन न्वारान देखिको बल लगाएर लागेको छ । त्यही तत्व अहिले खेलिरहेको छ । अझ त्यसमा पनि त्यही तत्वले एमाले र के.पी ओलीलाई गाली गरेर नथाक्ने भएका छन् । उनीहरूलाई अन्य कुनै रचानात्मक काम गर्न भनेको भए सायद उनीहरू थाकेर धेरै स्थानमा विसौना वस्ने थिए होलान तर नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीलाई आजभोली गाली गरेर उनीहरूलाई थकान होइन एक प्रकारको आनन्दको महसुस भइरहेको छ होला ?

यदि आनन्द नहुने भए किन अथक किसिमले गाली गर्न उद्यत भएका होलान ? आफैमा आश्चर्य लाग्ने प्रश्न रहेको छ । जसले जहाँको जिम्मेवारी वहन गर्नुपर्ने हो त्यहीको जिम्मेवारी वहन गरौं, अरूको खुराफातबाट टाढा रहौं । जय जनता !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?