Butwal Today

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

रुकुम पश्चिम ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान आठबिसकोट नगरपालिका–५, थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ भने केहीको अवस्था सामान्य छ । घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?