Butwal Today

पोखराका युवराजले बनाए अर्धशतक

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सोमबार टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा सम्राले २३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

क्यानडाका ओपनर सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्ने क्रममा अर्धशतक बनाएका हुन्। योसँगै उनी यस सिजन पोखरा एभेन्जर्सका लागि अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

पहिलो विकेटका लागि महेअी असनसँग २७ रनको साझेदारी गरेका युवराज सम्राले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग अर्धशतकिय साझेदारी गरेर खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?