© 2026
काठमान्डौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका भुर्तेलले २८ बलमा ६ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
यसअघि पोखराका लागि ओपनिङ ब्याटिङ गरेका युवराज सम्राले शतकीय पारी खेलिसकेका छन् ।
भुर्तेल र सम्राले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै पोखराको इनिङ्सलाई बलियो बनाएका छन् ।