Butwal Today

गुल्मीमा पिकअप जीप दुर्घटना : तीन घाइते

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका ५ झक्कले स्थित रुद्रवेणी–वामीटक्सार सडक खण्डमा आज बिहान पिकअप जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप जीप सनिबार बिहान करिब ४ बजेतिर अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको हो ।

दुर्घटनामा परी बागलुङ निसिखोला(५ का ३९ वर्षीय चालक मदन सुनार, उहॅाकी ३२ वर्षीया श्रीमती सुनिता सुनार तथा बागलुङ ढोरपाटन नगरपालिका(८ कि ४७ वर्षीया सुर्जमल्ल विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेहरूलाई बिहान प्रहरी र स्थानीयहरूद्वारा उद्धार गरी उपचारका लागि मजुवास्थित शुभसारथी अस्पताल पठाइएको र उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अघिकारी विरेन्द्रवीर विस्वकर्माले बताएका छन् ।

घाईतेहरूको टाउको, छाती र ढॅाडमा चोट लागेको छ भने दुर्घटनाग्रस्त उक्त गाडी बडिगाड खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?