Butwal Today

चाडपर्वमा सुरक्षा र सहकार्यलाई प्राथमिकता दिन सरोकारवालाको जोड

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

सिद्धार्थनगर । चाडपर्वमा रुपन्देहीमा सुरक्षा, व्यवसाय र सामाजिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सिद्धार्थ सञ्जालले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्वलाई जिम्मेवार व्यवहारको अवसर बनाउनुपर्ने बताए।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले चाडपर्वका बेला चोरी, लुटपाट, ठगी, कालोबजारी तथा सवारी दुर्घटना नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय रहेको बताए। उनले शान्ति सुरक्षा कायम गर्न प्रशासन, व्यवसायी, सञ्चारकर्मी र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

यसैगरी, सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले विभिन्न क्षेत्रका व्यक्तिलाई एउटै थलोमा जोड्दै सामाजिक एकता, भाइचारा र सहकार्य बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रेमराज पोख्रेलले व्यवसायीलाई कानुन पालना र पारदर्शी कारोबारमा जोड दिए ।

उता, होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटन प्रवद्र्धनसँगै गुणस्तरीय सेवा तथा उद्योगपति बसन्त रोक्काले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, सञ्चार क्षेत्र, उद्योग तथा पर्यटन व्यवसायीको सहभागिता थियो । सहभागीहरूले चाडपर्वले सामाजिक सम्बन्ध, आपसी सद्भाव र सहकार्यलाई थप बलियो बनाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?