© 2026
चन्द्रौटा ।
चेतनशील सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा पुनः रामपाल चौधरी चयन भएका छन् । १६औँ साधारण सभा तथा अधिवेशनले रामपाल चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति पुनः चयन गरेको छ । जसको उपाध्यक्षमा प्रीति थारु, सचिवमा सीता खत्री, सहसचिवमा चुरामणी कुमारी थारु र कोषाध्यक्षमा अदालत थारु चयन भएको सामुदायिक वनले जनाएको छ ।
यसैबिच शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले चेतनशील सामुदायिक वनले उपभोक्तामैत्री काम गर्दै आएको भन्दै प्रशंसा गरिन् । सडक निर्माण, विद्यालयलाई सहयोगलगायतका क्षेत्रमा सामुदायिक वनले गरेको कामले स्थानीय नागरिकलाई लाभ पुगेको उनले उल्लेख गरिन् ।
त्यस्तै कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गगेशनाथ तिवारीले पुनः रामपाल चौधरीको नेतृत्वमा समिति चयन भएकोमा बधाई दिँदै उपभोक्ताले गरेको विश्वासलाई व्यवहारमा उतार्न आग्रह गरे । अघिल्लो कार्यकालमा समितिले गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।
मङ्गलवार नवनिर्वाचित अध्यक्ष रामपाल चौधरीले सामुदायिक वनको अधिकार र कार्यक्षेत्रभित्र रहेर उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उपभोक्ताको विश्वासलाई कायम राख्दै सामुदायिक वनको संरक्षण, व्यवस्थापन र विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
साधारण सभामा गत आर्थिक आगामी वर्षमा झन्डै २ करोडको कारोबार गरेको बताउँदै आगामी कार्य योजनासमेत प्रस्तुत गरिएको कोषाध्यक्ष अदालत थारुले बताए । सब–डिभिजन वन वरिष्ठ वन अधिकृत पूर्ण ढकाल, पहलमान सेरमुन्जा लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।