Butwal Today

नेपाली कांग्रेसको मतदान समय साँझ ५ बजेसम्म थपियो

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारित मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?