Butwal Today

कास्की आदर्श समाज कतारको दशौँ अधिवेशन हुँदै

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

दोहा (कतार) ।

कास्की आदर्श समाज कतारले आफ्नो ‘दशौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । कतारमा रहेका कास्कीवासीलाई एकजुट गराउँदै सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्थाले आगामी शुक्रबार २ अक्टोबर २०२६ मा अधिवेशन आयोजना गर्न लागेको हो ।

दशौँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न भव्य तयारी भइरहेको र नयाँ कार्यसमिति चयन गरी जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिएको समाजका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए ।

अध्यक्ष देवकोटाका अनुसार अधिवेशनलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन कतारमा रहेका स्थानीय कलाकारहरूको विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि रहनेछ । कार्यक्रमलाई भव्य, सांगीतिक र मनोरञ्जनात्मक बनाउने तयारी गरिएको उनले बताए ।

कार्यक्रम शुक्रबार कतारको प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा दिउँसो १२ बजेदेखि सुरु हुने जनाइएको छ ।

कास्की आदर्श समाज कतारले कतारमा रहेका सम्पूर्ण कास्कीवासी दाजुभाइ तथा दिदीबहिनी, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

‘कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ कास्की आदर्श समाज कतार सन् २००२ मा स्थापना भएको सामाजिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?