Butwal Today

कांग्रेस रुपन्देही–२ को क्षेत्रीय सभापतिमा प्रशान्त कोइरालाको उम्मेदवारी

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

रुपन्देही ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदका लागि प्रशान्त कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् ।

कोइरालाले संगठन सुदृढीकरण, युवाको सक्रिय सहभागिता, समावेशी नेतृत्व तथा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले समृद्ध र सशक्त रुपन्देही निर्माणका लागि कांग्रेसलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

उनले संगठन सुदृढीकरण, युवाको सहभागिता, समावेशी नेतृत्व तथा विकास र समृद्धिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।

कोइराला नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष समेत हुन् । लामो समयदेखि युवा तथा पार्टी संगठनमा सक्रिय रहँदै आएका कोइरालाले आफ्नो अनुभवलाई क्षेत्रीय नेतृत्वमा उपयोग गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला रुपन्देही–२ मा क्षेत्रीय सभापति पदका लागि कोइरालाको उम्मेदवारी घोषणा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?