Butwal Today

माथिल्लो त्रिशूली–१ को सुरुङभित्र थप १३ शव फेला

४ आश्विन २०८३, आइतबार
अ+
अ-

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट–३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले थप शव फेला पारेको हो। नेपाली सेना र प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त टोली सुरुङभित्र खोज तथा उद्धारमा खटिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार खोजीका क्रममा कंक्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा पुरिएका अवस्थामा शव भेटिएका हुन्। यससँगै अडिट–३ क्षेत्रबाट निकालिएका शवको संख्या ३७ पुगेको छ। उद्धार गरिएका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बास्वास्थ्य परिसरमा राखिएको छ। मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत प्रक्रियामा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले आग्रह गरेको छ।

सर्च डगसहितको टोलीले घटनास्थलमा खोजी कार्य जारी राखेको छ। साथै, कम्पनीको दुईतर्फी टनेलमा मिनी एक्साभेटर प्रयोग गरी उद्धार तथा खोजी कार्य भइरहेको छ। गत भदौ १० गते आएको भोटेकोसी बाढीपछि आयोजनामा कार्यरत ४ सय ५८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?