© 2026
बर्दघाट ।
मलेशियामा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले अपराजित यात्रा कायमै राखेको छ ।
साउदी अरेवियालाई ५ विकेटले पराजित गर्दै नेपाल समुहको शिर्षस्थानमा रहँदै ६ अँक सहित सेमीफाइनल प्रवेश गरेको छ । आइतबार साउदीले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर ४१ ओभरमा पुरा ग¥यो । नेपालको जितमा गुलसन झा ले अविजित ४४ रनको पारी खेले । झा ले ३ छक्का र ३ चौका प्रहार गरे । नेपालको जितमा इशान पाण्डेले ४०, देव खनालले ३९ र रोहित पौडेलले अविजित २४ रनको योगदान गरे । यस्तै ओपनर ब्याटर आशिफ शेखले २० र अर्जुन कुमालले १५ रन बटुले । दिपेन्द्र सिँह ऐरी ५ रन बनाउँदै पवेलियन फर्के ।
साउदीको लागि मोहम्मद आतिफ र इश्ताक अहमदले समान २–२ तथा मोहम्मद हासिम शेखले १ विकेट लिएका थिए ।
टस जिती पहिले ब्याटिङ्ग गरेको साउदीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन जोडेको थियो । उसका लागि ओपनर अब्दुल वहिदले उत्कृष्ट ब्याटिङ्ग गर्दै ७७ रनको पारी खेले उनले १० चौका र २ छक्का समेत प्रहार गरे । मोहम्मद अब्दुल्लाह आतिफले ३० र मोहम्मद हिसाम शेखले २८ बाहेक अन्यको प्रर्दशन भने फितलो रह्यो । दोश्रो ओभरमै पहिलो विकेट गुमाएको साउदीले दोश्रो विकेटको लागि ९४ रनको साझेदारी गरेको थियो ।
नेपालको लागि सन्दिप लामिछाने र दिपेन्द्र सिँह ऐरीले समान ३–३ तथा ललित राजवँशीले २ र शेर मल्ल र गुलशन झा ले समान १–१ विकेट लिए ।
नेपालले लिगको अन्तिम खेल मँगलबार हँगकँग सँग खेल्ने छ ।