Butwal Today

विपद्मा मृत्यु भएका १,११४ जनाको शव फेला, ९५ जनाको पहिचान : प्रधानमन्त्री

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्मा परी मृत्यु भएका १ हजार ११४ जनाको शव फेला परेको जानकारी दिएका छन् । भदौ १७ गते बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त विवरण सार्वजनिक गरेका हुन् ।

उनका अनुसार फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तजनलाई जिम्मा लगाइएको उनले बताए ।

पहिचान हुन नसकेका बाँकी शवको हकमा सरकारले कानुनी तथा वैज्ञानिक आधारमा आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा राखिएको प्रधानमन्त्री शाहले जानकारी दिए । विपद्मा ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको खोजी र पहिचान कार्यलाई सरकारले संवेदनशीलताका साथ अघि बढाइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?