© 2026
काठमान्डौँ ।
गोरखाको चुम क्षेत्रमा पहिरो गए पनि बुढीगण्डकी नदी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुमनुव्री गाउँपालिका–छेकम्पार क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी थुनिएको छैन । करिब ३ हजार ५०० मिटरको उचाइमा रहेको छेकम्पारको चौरीखर्क पारी ठूलो पहिरो गएको उनले बताए । ‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन,’ शर्माले भने ।
पहिरोबारे थप जानकारी लिने काम भइरहेको पनि उनले बताए ।
छेकम्पार चौरीखर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बुढीगण्डकी नदी थुनिएको भन्ने हल्ला केही समयदेखि सामाजिक सञ्जालमा फैलिएको थियो ।