© 2026
काठमान्डौँ ।
रसुवास्थित भोटेकोशी नदीमा १० भदौको बिहान आएको बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी र मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ४६ जना चिनियाँ र ८ जना भारतीय नागरिक रहेका छन् ।
शनिबार विभिन्न स्थानबाट गरी ५५० जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।
बाढी आएयता सेनाले स्थलमार्गबाट २०० जना र हवाई माध्यमबाट २ हजार ४५० जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १२१ जना भारतीय, ७२ जना चिनियाँ, १५ जना कोरियन, ४ जना जर्मन, २ जना अमेरिकी, २ जना इटालियन र १ जना ओमानी नागरिक रहेका छन् । बाँकी उद्धार गरिएका नेपाली नागरिक हुन् ।
उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका ८ हजार ३०० सैनिक परिचालन गरिएको छ ।