Butwal Today

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये उक्त संख्यामा शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?