Butwal Today

त्रिशूली–३ ‘बी’मा १२२ जना सम्पर्कविहीन, सेनासहित प्राविधिक टोली परिचालन

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई तीव्रता दिन नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख, साइट इन्जिनियर तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको हो ।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी सुरक्षित रूपमा उद्धार कार्य अघि बढाइरहेको जनाइएको छ । साथै, उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वय भइरहेको बताइएको छ ।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ ।

पछिल्लो तथ्यांकअनुसार आयोजनास्थलमा अझै १२२ जना सम्पर्कविहीन छन् । अहिलेसम्म ९१ जनाको उद्धार गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?