© 2026
काठमान्डौँ ।
चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउन लागेको हो ।
यसअघि अन्य देशहरूले पनि नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री पठाइसकेको छ भने आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।