Butwal Today

भेटिएकामध्ये ३९३ शवको पहिचान हुन बाँकी

१२ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी अहिलेसम्म ४८९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३९३ जनाको पहिचान हुन सकेको छैन ।

रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा शव फेला परेका छन् ।

फेला परेका शवमध्ये केहीलाई सम्बन्धित जिल्लामै राखिएको छ भने काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा समेत शव राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?