© 2026
श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा, ऋषितर्पणि, रक्षा बन्धन, डोरो बाँध्ने पुन्यु, राखी पूर्णिमा, श्रावणीपर्व आदिका रूपमा चिनिन्छ वा मनाइन्छ । जनै केवलबाहुन, क्षेत्रीको पुरुष वर्गले मात्रलगाउने चलन सम्बन्धमा यो पङ्क्तिकारलाई पनि केही खुल्दुली लागिरहेको थियो ।
यो खुल्दुली मेटाउन हिन्दु धर्मका ज्ञाता डा.स्वामी प्रपन्नाचार्यसँग केही भलाकुसारी गर्ने अवसर परेको थियो । सोको केही अंश यहाँ उल्लेख गर्न सान्दर्भिक ठोनको छु । स्वामीज्यूले जनैलाई के को प्रतीक ठान्नुहुन्छ ? भन्ने प्रश्नको जवाफयस्तो रहेको छ ।
जनै आयुष्य, ब्रह्म, स्वरूप आदिका प्रतीक हुन् । प्राचीन हिन्दु संस्कृतिमा जनैको धेरै ठूलो महत्त्व छ । तीमध्ये लौकिक महत्त्व यज्ञोपवित शब्दले बताएको छ । यज्ञ शब्द यज् धातुबाट बनेको हो । यज् धातुको अर्थ अनेक भएतापनि अनेकार्थमा एकता भएको र वेदाध्यायनको अधिकारी हो कि होइन ? भन्ने कुरालाई बताउँछ भने वेद भनेको ज्ञान हो ।
चारवटा धातुले वेद शब्द निष्पन्न हुन्छ । विद् ज्ञाने, विद् विचारणे, विद् सत्यायाम्, विद्रिलाभे । यी चार धातुबाट बनेको वेद शब्द र जनैको तादात्म्य सम्बन्ध ज्ञानको रूपमा रहेको हुन्छ । त्यसैले यज्ञोपवित अर्थात् जनैको तादात्म्य सम्बन्ध ज्ञानको रूपमा रहेको हुन्छ । त्यसैले यज्ञोपवित अर्थात् जनैको महत्वपूर्ण पक्ष प्राचीन वैज्ञानिक ऋषिमुनिहरूले आर्य वाङ्मयमा प्रस्टाएका छन् ।
वेद अध्ययनको सीमा (यसले पढ्नु हुन्न, उसले पढ्नु हुन्न) लाई कसरी व्याख्या गर्नुहुन्छ ? वेद अध्ययन कसले गर्ने ? कसले नगर्ने ? भन्ने प्रश्नको उत्तरमा जसले जनै लगाउँदैन त्यसले वेद पढ्नुहुँदैन भन्ने प्रथा पछि चलेको हो । यो हिन्दु धर्ममा पछि आएको विकृतिहो । वस्तुस्थितिमाहिन्दु आर्यहरूमा सबैले जनै लगाउने अधिकार छ ।
त्यसैले यथेमावाचं कल्याणीमावदानि जनेभ्यः । ब्रह्मराजन्याभ्याशूद्रायचार्यय च स्वायचारणाय च ।। यजुर्वेद २६।२
(जसरी कल्याण गर्ने यस दिव्य वाणीलाई मन्त्रद्रष्टा ऋषिले ब्राह्मण, क्षत्री, वैश्य, शूद्र, प्रिय, अप्रियमानिसलाई र सम्पूर्ण समाजलाई उपदेश दिएका छन् उसै गरी हे मानिस हो, तिमीहरू पनिउपदेश प्रदान गर ।) आदिमन्त्रहरूले मानवमात्रले जनै लगाउने अधिकार बताएको छ ।
गैर तागाधारी भन्ने शब्द पछि बनाइएको हो । वस्तुतः सबैलाई तागाधारी हुने अधिकार छ । ब्राह्मण शब्दको अर्थ अध्ययन–अध्यापन गर्ने, क्षेत्रीय शब्दको अर्थ नाश, रक्षा गर्ने, वैश्य शब्दको अर्थ कृषिको रक्षा, वाणिज्य आदिकर्म गर्ने, शूद्र शब्दको अर्थ आत्मज्ञानी हो । शुक् शब्दको अर्थ अज्ञान हो भने त्यसलाई (अज्ञानलाई) जसले हटाउँछ त्यसलाई शूद्र भनिन्छ ।
शूद्र भनेको अछुत पानी नचल्ने जाति होइन । यस सम्बन्धमा धेरै ग्रन्थमा उल्लेख छ । कुनै ग्रन्थमा पनि शूद्र भनेको पानी नचल्ने जाति, सानो जाति भन्ने लेखेको छैन । सत्रौँ, अठारौँ शताब्दीमा लेखेका झिकथप गरेका धर्मशास्त्रहरूमा भने शूद्र भनेको पानी अचल जात हो भनेर लेखेका छन् । गौतमस्मृति आदिमा त पूराकापूरा बद्मासी गरेर मानव अधिकार हनन् गरेर लेखेको पाइन्छ । यो सत्य कुरा होइन । त्यसैले शास्त्रहरूको निचोडमा बताउनु पर्दा गैरतागाधारी भन्ने शब्द नै छैन ।
नारी जातिले जनै लगाउनुहुन्न भन्ने कुरामा यहाँको विचार के छ ?
नारी जातिलाई जनै लगाइदिने कुरामा ब्राह्मणहरूले नारी जातिमाथि अत्याचार गरेको कुरा प्रष्ट सिद्ध हुन्छ । जब वेदमन्त्रहरूका द्रष्टा नारीहरू थिए भने पुरुषले मात्रै वेद पढ्न पाउँछन् भन्ने अबुझ कुरा समाजमा पछि ल्याइएको हो । अपाला, वाक, वागम्भृणी, रोमषा, यमी, संज्ञा आदि थुपै्र महिलाहरू ऋक् वेदभित्र मन्त्रद्रष्टाका रूपमा पाइन्छन् ।
जुन महिलाले अरूलाई भात पकाउँछ, त्यही महिलाले आफूले पकाएको भात खानुहुँदै भन्ने त्यो कस्तो न्याय हो ? आफूले पकाएर अर्कालाई खुवाउने आफूले खान नहुने यस्तो आश्चर्यको कुरा स्वार्थीहरूले जोडेर प्रयोग गरेका छन् । झिकुवा थपुवा बाहेक असली वेद शास्त्रमा यस विषयमा कुनै प्रमाण छैन अर्थात् वेद पढ्नु हुँदैन भन्ने छैन । बरु मैत्रेयी, गार्गी, कौशल्या, द्रौपदीआदिले वेद पढेका थिएभने जनै धारण नगरीकनप्राचीनऋषिमुनिले वेद पढाउँदैनथे । यसैले यमस्मृति आदिमा भनेको छ ।
पुरा कालेतु नारीणां मौजीबन्धनमिक्ष्येते । अध्यापनं च वेदानां सावित्रीवचनं तथा ।
प्राचीनकालमा नारीहरूले जनै लगाएर गायत्रीमन्त्र जपेर वेदाध्यायन गर्ने गरेको, यी प्रमाणहरूलाई मनन् गर्नको लागि शुक्ल यजुर्वेद माध्यान्दिनी शाखा, मैत्रायी उपनिषद्, यमस्मृति आदि थुपै्र ग्रन्थहरूलाई अध्ययन, मनन गर्नुपर्ने हुन्छ । यसैले मैले नारी जातिलाई र शूद्रहरूलाई पनि जनै लगाइदिएको हुँ । तर करले होइन ।
हामीले जनै लगाउन पाउँ भनेर निवेदन लेखी सही गरी म कहाँ ल्याए भने कस्तो चरित्रको छ हेरी, विचारी म जनै लगाइदिने गर्छु । बिना प्रमाण होइन । एउटा ब्राह्मण केटासँग शूद्र जात भनिने कन्याको पे्रम भएपछि ब्राह्मण समाजले केटालाई बहिष्कार गर्दा, पानी काट्दा पहिलोपटक सन् १९६० मा हरियाणा भारतमा मैले ती कन्यालाई जनै लगाइदिएको हुँ ।
त्यसपछि नेपालमा आएर हजारौँ महिलाहरूलाई जनै लगाउँछौँ भनेको खण्डमा उनीहरूको आचारविचारलाई तथा चरित्रलाई बुझेर जनै लगाइदिने गरेको छु । माथिका कुराबाट यज्ञोपवित धारण संस्कार वैदिककालीन रहेछ भन्ने स्पष्ट भयो । जनै राम्रो संस्कार भएको व्यक्तिले विधिपूर्वक धारणा गर्नुपर्छ, यसमा जातीय र लिङ्ग भेद छैन भन्ने कुरा स्पष्ट भयो ।
गलत संस्कारमा लागेको व्यक्तिको जनै झिकिदिने दण्ड विधान समाजमा थियो भन्ने इतिहास छ । जनै समातेर खाएको किरिया निकै पक्का मानिने चलन अझै हाम्रो समाजमा छ । जनैलाई कहिले दायाँ, कहिले बायाँ, कहिले कण्ठमा विधिविधानपूर्वक गरिने श्राद्ध कर्म जनै नलगाउनेहरूले एकोद्दिष्ट श्राद्ध नगर्नुमा के यै जनैको कारण हो ? अनुसन्धेय छ ।
यो यहाँ किन उल्लेख गरियो भने जनै नलगाउनेले श्राद्ध गर्दा बाहुनले अस्थायी रूपमा जनै दिएर श्राद्धपछि निकाल्ने गरेको पनि पाइएको छ । पुनर्जन्म, परलोकको विश्वास भएको हाम्रो संस्कारमा महिलाले काजकिरिया, श्राद्धतर्पण गर्ने अधिकार पाउन यही जनैले त छेकेको छैन ? महिलामा जनै धारण संस्कार भए छोराछोरी बराबरी देख्न सजिलो हुने थियो कि ?
यो पनि विचारणीय पक्ष छ । रक्षाबन्धनको इतिहास खोज्दै जाने हो भने उही वैदिककालतिर पुगिन्छ होला तर रक्षा बन्धन गर्दा प्रयोग गरिने मन्त्रले रक्षाबन्धनको गरिमा र प्राचीनताको कोशेढुङ्गा भने अवश्यै देखाउँछ । यसै किसिमले प्रत्येक वर्ष रक्षा बन्धन गरिँदो रहेछ भनेर । जब राजा बलिले स्वर्गको इन्द्रत्व प्राप्त गर्नको लागि आवश्यक सय यज्ञमध्ये सयौँ यज्ञको साङ्ज्ञता (साङ्गे) गर्दै थिए । त्यसबेला वामनलाई दक्षिणा दिने समय भयो । वामनले तीन पाइला जमिन मागे ।
यो लम्बाइमात्रले अनेक अर्थ लाग्न सक्छ, चौडाइ पनि उल्लेख गरेपछि मात्र सङ्कल्प भन्ने भनी गुरु शुक्राचार्यले अड्डी लिए । बलिले चौडाइ कति माग्लान् र जम्मा तीन पाइला त मागेका छन् भनी वास्ता नराखी सङ्कल्प गरिहाले । वामनले दुई पाइला लम्बाइलाई तर्कसङ्गत तरिकाले घुमाएर पृथ्वी नै सकिएको प्रमाण दिएपछि बलिलाई बल्लगुरुको बचन गललाग्यो ।
स्वर्गको इन्द्रत्व पाउन ठीकठाक भैसकेको व्यक्ति उत्तिखेरै तन्नम्भगत सुकुम्बासी भएको देखेर बलिका हितैषीहरूले मलिनमुख गरेका थिए तर बलिमा कुनै किसिमको अप्ठ्यारो महसुस नभएको देखी वामनले भने– बलि, तिमीलाई कुनै किसिमको पछुतो त छैन ? केही छ भने भन ।
तब दानवीर बली भन्छन्– वामन (आफ्नाहातको डोरो देखाउँदै) हेर, यो मेरा गुरुले श्रावण शुक्ल पूर्णिमामा बाँधेको नैतिक रक्षाकवच हो । सम्पत्ति भएन भने कर्मयोगले भोलि जोर्न सकुँला तर नैतिकता हरायो भने न खोजेर पाइन्छ न जोरेर जोरिन्छ । त्यसैले मलाई कुनै पछुतो छैन । बलिको यस्तो गरिमामय जवाफ सुनेर उपस्थित सबै जिल्ल परे । अनि त्यसपछिको रक्षा बन्धन गर्दा सबै ऋषिमुनिहरू यो मन्त्र पढ्दै रक्षा बन्धन गर्न लागे ।
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः । तेनत्वामपिबध्नामि रक्षामा चलमाचल । ऋषि प्रसादमस्तु नारायणो रक्षतुः ।
आजपनि डोरो बाँध्दा यही मन्त्र भन्ने गरिन्छ । श्रावण शुक्ल पूर्णिमालाई नैतिक रक्षाकवच प्रदान गर्ने शुभदिनको रूपमा सत्य युगदेखि लिइदै आइएको छ ।
आज नैतिक बन्धन नहुँदा, बोलेको वचनमा प्रतिबद्ध नहुनाले हाम्रो देश मात्रै होइन विश्व नै दिग्भ्रमित भएको छ । यो रक्षा बन्धन संस्कारले सबैमा राजाबलिको जस्तो दृढ प्रतिबद्धताको विकास होस् भन्ने कामना गर्नुपर्छ । गुरु शिष्य (यहाँँशिष्या भनिएको छैन, शिष्यलाई नै उभयलिङ्गी मानिएको छ) पुनर्मिलन दिवस आषाढ शुक्ल पूर्णिमा हो ।
जसलाई गुरूपूर्णिमा, व्यास पूर्णिमा वा व्यास जयन्तिको रूपमा पनि चिन्ने गरिन्छ । आफ्नो गुरुकुलबाट दीक्षित भएर गएका शिष्यहरू हरेका गुरूपूर्णिमामा गुरु भेट्न आउने गर्दा गुरुहरूले शिष्यहरूमा आचार परिपालनमा कमी कमजोरी देखे । यही समस्या दखेर गुरूपूर्णिमा भेट्न आएका शिष्यलाई गुरुहरूले २÷४ दिनको पुनर्ताजगीको लागि एक महिनापछि आउन दिएको निम्तो संस्कार नै श्रावणी पर्व हो ।
गृहस्थ शिष्यहरू धेरै व्यस्त भए जाहन परिवारलाई छाडी आउन गाह्रो भयो भन्ने ठानेर पछिपछि उदारमना गुरुहरू आफै शिष्यको घर गई रक्षा बन्धन गर्न थाले । सबै जहानलाई रक्षा बन्धन गरी विभिन्न शिक्षाप्रद उपदेशहरू दिने गर्दा जहानसमेत लाभान्वित हुने भए । यो झन् राम्रो कुरा भयो । एउटाले नसुनेको अर्काले सुन्ने, एउटाले नबुझेको अर्काले बुझ्ने, गृहस्थजीवन कसरी सुखमय, यशस्वी बनाउने भन्ने एक अन्तव्रिर्mयात्मक वातावरण ।
यो पर्व संस्कार जेजस्तो उद्देश्यले सुरुवात भएको थियो, सोही मर्मसँग नजिकिएर यो पर्व मनाउने उत्पे्ररणा जगाउन सक्नुपर्छ । यस पर्वलाई विद्यार्थी पुनर्ताजगी दिवसको रूपमा मनाउनुपर्छ ।