Butwal Today

भोटेकोशी बाढी : सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुग्यो

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विभिन्न देशका पर्यटक सम्पर्कविहीन भएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन् । त्यस्तै, नेपाली १२७, अमेरिकी ६५ र युक्रेनी ५३ जना सम्पर्कविहीन रहेको तथ्यांक छ ।

यस्तै, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन छन् । सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।

बोर्डले ट्राभल एजेन्सी तथा विभिन्न कम्पनीबाट तथ्यांक संकलन गरी विवरण सार्वजनिक गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?