Butwal Today

रसुवा बाढी : ३८९ जनाको शव फेला, ४६६ घाइते

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

रसुवाको भोटेकोशीमा आएको बाढी तथा विभिन्न जिल्लामा गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोमा परी हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा १३७, नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव फेला परेको छ ।

बाढी तथा पहिरोमा परी हालसम्म ४६६ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौंका ८४ र धादिङका ३ जना रहेका छन् ।

आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ८ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी तथा पहिरोका कारण १८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?