Butwal Today

नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता : राजदूतावास

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

चिनियाँ प्रधानमन्त्री लि छ्याङ चीनतर्फको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका हुन् ।

बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन् ।

चीनतर्फ भने बिहीबार बिहान ८ बजेसम्म बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको जनाइएको छ । घटनामा दुई जना स्थानीय गाउँलेको उद्धार गरिएको छ ।

चीनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई तीव्र बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?