Butwal Today

स्याफ्रुबेसीदेखि टिमुरेसम्म के भइरहेको छ ? वडाध्यक्ष भन्छन्– ‘कसैसँग सम्पर्क हुन सकेन’

१० भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकालगायतका स्थानीय तहमा ठूलो क्षति भएको बताइएको छ । बाढीका कारण धेरै नागरिक सम्पर्कविहीन भएका छन् भने केही नागरिक उद्धारको पर्खाइमा रहेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो क्षति भएको छ । उनका अनुसार स्याफ्रुबेँसीदेखि टिमुरेसम्मका स्थानीयसँग सम्पर्क हुन सकेको छैन । उनी भन्छन्, “हामी यहाँ रसुवा सदरमुकाम धुन्चेमा छौं । तल के कति क्षति गरेको हो, केही पनि थाह हुन सकेको छैन । स्याफ्रुबेशी बजारदेखि तल टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन । हामी जान पनि सकेका छैनौं । भर्खरै नेपाली सेनाको हेलिकप्टर त्यतातिर गएको छ, त्यहाँबाट फर्केर आएपछि केही थाह होला ।

स्याफ्रुबेशी बजारसम्म बाढी आएको भन्ने हल्ला छ । तल भएकाहरु के कति कारणले सम्पर्कविहीन भएका हुन्, थाह छैन । टेलिफोन टावर गएर सम्पर्कविहीन भएका हुन् कि अरु कुनै समस्या छ, यसै भन्न सकिने छैन । अब उद्दारकर्मीहरु आएपछि थप थाह होला ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?