Butwal Today

त्रिशूली बाढीको क्षति : १९ पुल र ४० किलोमिटर सडक प्रभावित

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । सडक विभागका अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर तथा आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन् ।

यसैगरी, बाढीले सो क्षेत्रका विभिन्न खण्डमा कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त बनाएको छ । सडक तथा पुलमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको यातायात आवागमन प्रभावित भएको छ ।

सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बाटो खुलाउन तथा क्षतिग्रस्त संरचनाको अस्थायी मर्मत गर्न सडक विभागले काम अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?