© 2026
काठमान्डौँ ।
नेपाली सेनाको एआई–१७ हेलिकप्टर मेडिकल टिमसहित काठमाडौंँबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको हो ।
यसैगरी, धुन्चे र त्रिशूलीबाट उद्धार टोलीसमेत परिचालन गरिएको छ। यसअघि नै नेपाली सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिइसकेका थिए ।
आज बिहान तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी नदीमा बाढी आएको हो । बाढी नुवाकोट हुँदै धादिङसम्म पुगेको बताइएको छ ।