Butwal Today

रसुवा बाढी अपडेट : ३८४ पर्यटक सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा ।

रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै झन्डै ४ सय पर्यटक सम्पर्कविहीन भएको जनाएको छ ।

सम्पर्कविहीनमध्ये २ सय ९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डले पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?