Butwal Today

रसुवा बाढी अपडेट : ७ जनाको शव फेला

१० भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा ।

रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा गरी ७ जनाको शव फेला परेको हो ।

उनका अनुसार नुवाकोटको नदी किनारमा ३ जना र धादिङमा ४ जनाको शव फेला परेको छ ।

‘अहिलेसम्म ७ वटा शव फेला परेको छ,’ उनले भने ।

प्रहरीका अनुसार बाढीमा घाइते भएकाहरूको उद्धार तथा फेला परेका शव संकलनको काम भइरहेको छ । बाढीमा मानिसहरू बेपत्ता भएको सूचना पनि आइरहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?