Butwal Today

रसुवा बाढी अपडेट : सेनाको हेलिकोप्टरबाट ७ जनाको उद्धार

१० भाद्र २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

रसुवा बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकोप्टरमार्फत ७ जनाको उद्धार गरेको छ । टिमुरेबाट ४ जना र स्याफ्रुबेँसीबाट ३ जनालाई ‘बास्केट’ विधिबाट सुरक्षित उद्धार गरिएको हो ।

हाल सेनाका चारवटा हेलिकोप्टर टिमुरे, स्याफ्रुबेँसी, मेलुङ र त्रिशूली क्षेत्रमा परिचालित छन्। त्यस्तै, त्रिशूलीमा २० सदस्यीय मेडिकल टोलीसमेत खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?