Butwal Today

रसुवा बाढी अपडेट : रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति

१० भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा ।

तिब्बतबाट आएको अप्रत्याशित बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुगेको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार कार्यालयका कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ । बाढीका कारण धेरै कर्मचारीले मोबाइल फोन तथा अन्य सामान छाडेर भाग्नुपरेको जनाइएको छ । त्यसैले क्षतिको पूर्ण विवरण संकलन गर्न केही समय लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार रसुवागढी भन्सार कार्यालयमा ३६ जनाको दरबन्दी रहेको थियो । तीमध्ये दुई जना बिदामा थिए । बाढीका कारण भन्सार कार्यालयको यार्डमा रहेका सबै सवारीसाधनसमेत बगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?